शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गाउँपालिका अध्यक्षको वडामा न मतदान, न सहमति

आइतबार, २० भदौ २०७८, २२ : ३६
आइतबार, २० भदौ २०७८

नेपाली काँग्रेस लमजुङको वडा अधिवेशन धमाधम सकिएपनि दुधपोखरी गाउँपालिका वडा नं. ५ कोल्कीको वडा अधिवेशन सम्पन्न हुन सकेको छैन । वडाको सभापति र  महिला सदस्य बाहेकका खुल्ला पदहरुमा सहमति जुटेपनि अन्य पदमा सहमति जुटेको छैन । यहीबीच क्रियाशील सदस्यहरुले विवादको छिनोफानो मतदानबाट गर्न आग्रह गरेपनि दुधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले निर्वाचनमा जान आनाकानी गर्दा वडा अधिवेशन सम्पन्न हुन नसकेको हो ।
दुधपोखरी गाउँपालिकाको सबै वडाहरुमा सर्बसम्मत रुपमा नेतृत्व चयन भएपनि गाउँपालिका अध्यक्षको आफ्नै वडामा भने वडा कमिटीले पूर्णता पाउन सकस परेको हो।   

दुधपोखरी गाउँपालिका वडा नंं ५ को सभापतिमा गजबहादुर गुरुङ सहमतिमा चयन भएका छन् । यस्तै १५ जना क्षेत्रीय प्रतिनिधि मध्य खुल्ला तर्फबाट ६ जना पनि  निर्वाचित भइसकेका छन् । बाँकी पदमा भने अझै न सहमति जुट्न सकेको छ, न मतदान हुन सकेको छ । सहमती नभएपछि मतदान मार्फत प्रतिनिधि चयन हुने ब्यवस्था भएपनि चुनावमा जानका लागि अध्यक्ष गुरुङले आनाकानी गर्दै आईरहेको नेविसंघ लमजुङका नेता मंगल गुरुङले बताए । 
नेपाली कांग्रेसको दुधपोखरी–५, कोल्कीका वडाअध्यक्ष सुरज गुरुङ, नेविसंघ लमजुङका नेता मंगल गुरुङ, स्थानीय नेताहरु भक्तबहादुर तामाङ, तेजेन्द्र गुरुङ, बिष्णु गुरुङ, तरुण दल अध्यक्ष बिनोद गुरुङ लगायत अधिकांश क्रियाशील सदस्यहरु मतदान मार्फतनै प्रतिनिधि छनौट गर्ने अडानमा छन् ।

नेपाली काँग्रेसको क्रियाशील सदस्यता बिबाद समाधान भई निर्वाचन अधिकृत खटिएका जिल्लामा भदौ १८ देखि भदौ २२ गते सम्ममा अधिवेशन सक्नुपर्ने प्रावधान रहेको र यदि हुन सकेको खण्डमा केन्द्रसँग समन्वय गरी नयाँ कार्यतालिका आउनसक्ने जिल्ला निर्वाचन अधिकृत थानेश्वर दवाडीले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप