शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसको वडा अधिवेशन : गाउँमा सर्वसम्मत, नगरमा निर्वाचन

आइतबार, २० भदौ २०७८, २१ : २२
आइतबार, २० भदौ २०७८

नेपाली काँग्रेसको वडा अधिवेशन अन्तर्गत मकवानपुरका ८ वटा गाउँपालिका क्षेत्रका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाका अनुसार अधिवेशनले नेतृत्व चयन गरे पनि आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

नगरक्षेत्रका वडाहरूमा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको उनले बताए । कोइरालाका अनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रको ५ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, ६, १०, १६ र १७ वडामा अधिवेशन सम्पन्न भएको उनले बताए ।

अधिवेशन सम्पन्न भएका ५ मध्ये ३ वटा वडाका प्रतिनिधिहरूलाई प्रमाण पत्रसमेत वितरण गरिसकेको उनले बताए । जिल्लाका सबै वडामा समस्यारहित ढंगबाट अधिवेशन सम्पन्न भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप