बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘सीआईबी’ को इन्सपेक्टर भन्दै धम्क्याउने व्यक्ति पक्राउ

आइतबार, २० भदौ २०७८, २१ : १२
आइतबार, २० भदौ २०७८

आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी निरीक्षक (इन्सपेक्टर) बताउँदै विभिन्न संघसंस्था र व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बाँके जिल्लाको कोहलपुरमा सिआईबीको अफिसर भन्दै धम्क्याइरहेको अवस्थामा सल्यान जिल्ला, दार्माकोट–२ का ३२ वर्षीय दिपेन्द्र रोकायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि अप अनुसन्धान एवम् आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।  

यता, बर्दियाको गुलरिया नगरपालिका–११ स्थित भित्री सडकबाट ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बाँसगढी नगरपालिका–९ बस्ने २५ वर्षीय हरिबहादुर थापालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो ।

बा ६८ प ५५६७ नम्बरको मोटरसाइकलमा सवार थापालाई प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषधसहित फेला पारेको जनाइएको छ । उनीमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप