जंगी अड्डाबाट औपचारिक रुपमै बिदा भए प्रधानसेनापति पूर्णचन्द्र थापा
आइतबार, २० भदौ २०७८, २१ : ००

प्रधानसेनापति पूर्णचन्द्र थापाको बिदाइमा आइतबार एक कार्यक्रमको आयोजना गरिएको छ । जंगी अड्डाले भद्रकालीमा आइतबार एक विशेष समारोह गरेर थापाको सम्मानमा बिदाइ कार्यक्रम गरेको हो । भदौ २४ गतेबाट प्रधानसेनापति थापाले अनिवार्य अवकाश पाउँदैछन् । अवकाश पाउनुभन्दा एक महिनाअघि थापा घर बिदामा बसेका थिए ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गतेदेखि लागू हुनेगरी प्रभुराम शर्मालाई शर्मालाई कायममुकायम प्रधानसेनापति तोकेकी थिइन् भने अहिले सरकारले यही भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा उनलाई नियुक्त गरिसकेको छ ।
थापाको बिदाइ समारोहमा कामु प्रधानसेनापति शर्मासहित सैनिक उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा थापालाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्टविरुद्धको न्याययात्रा निर्णायक मोडमा
-
एमाले संसदीय दलको बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, तराईका भूभागहरूमा तातो लहर चल्ने
-
राष्ट्र सङ्घमा प्रस्तुत चन्द्रागिरिको स्वैच्छिक मूल्याङ्कन कार्ययोजना प्रतिवेदन सार्वजनिक
-
पुटिन र ट्रम्पका दूतबीच मस्कोमा ३ घण्टा कुराकानी, रचनात्मक बैठक भएको रुसी प्रतिक्रिया
-
महाकालीको बार आज कुन राशिलाई कस्तो फल ?