आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

आइतबार, २० भदौ २०७८, १९ : ०५
आइतबार, २० भदौ २०७८

काठमाडौं । रेमिट्यान्स कम्पनी सम्सारा रेमिट मार्फत देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने भएको छ । 

यस सेवा कार्यान्वयनमा आएसँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरि बाट पैसा पठाउन र पाउन सकिने खल्तीले जनाएको छ । सम्सारा मार्फत कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरूबाट रकम पठाउन सकिनेछ ।

सन् २००६ मा स्थापना भएको सम्सारा रेमिट रेमिट्यान्स कम्पनी हो जसले विगत १५ वर्ष भन्दा बढि समय देखि निरन्तर रुपमा रेमिट्यान्स सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप