शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई तालिम दिन कामना सेवा विकासले गर्यो एनबीआईसँग सम्झौता

आइतबार, २० भदौ २०७८, १८ : ४७
आइतबार, २० भदौ २०७८

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्युट र कामना सेवा विकास बैंक बीच कर्मचारीहरुका लागि तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

उक्त सम्झौता पत्रमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एन.बी.आईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप