शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय बैठक भोलिदेखि काठमाडौंमा

आइतबार, २० भदौ २०७८, १८ : ३५
आइतबार, २० भदौ २०७८

  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को क्षेत्रीय कार्यकारी समितिको वार्षिक ७४ औं बैठक भोलिदेखि नेपालमा सुरु हुने भएको छ । भदौ २५ सम्म चल्ने बैठकमा डब्लूएचओका महानिर्देशक डा .टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, ११ सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाको सहभागिता रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 बैठकमा दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य संगठनका कार्यक्रम, नीति, बजेटको समिक्षा तथा कोभिड १९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका विषयमा गहन छलफल हुने स्वास्थ्य मन्त्रालय जनाएको छ ।

 यस्तै स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने र स्वास्थ्य सम्वन्धी दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि स्वास्थ्य प्रणालीलाई कसरी थप प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 बैठकमा नसर्ने रोगहरुको रोकथाम ,भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरुको उन्मूलनलगायत विषयमा छलफल समेत हुने छ । दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर लेट्सेलगायत देशको बैठकमा सहभागिता रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप