बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीपछि एनएमएले गठन गर्यो बागमती प्रदेश कमिटी

आइतबार, २० भदौ २०७८, १८ : ३१
आइतबार, २० भदौ २०७८

नेपाल पर्वातारोहण संघ (एनएमए) ले बागमती प्रदेश कमिटी गठन गरेको छ । यसअघि गण्डकी प्रदेश कमिटी गठन गरिसकेको एनएमएले हालैमात्र एनएमए अन्तर्गतको अर्को प्रदेश स्तरिय १५ सदस्यीय बागमती प्रदेश कमिटी गठन गरेको हो ।

संघीय संरचना अनुसार अब पर्वातारोहण संघलाई पनि प्रदेश स्तरसम्मै लैजाने उद्देश्यसहित क्रमशः प्रदेश कमिटीहरु गठन गर्दै लगिएको एनएमएले जनाएको छ ।

हालैमात्र गठित बागमती प्रदेश कमिटिको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी दलबहादुर गुरुङ्ग चयन भएका छन् । यसैगरी उपाध्यक्षमा मिलन कुमार तामाङ र सचिवमा फुडोमा शेर्पा सर्वसम्मन चयन भएका छन् । 

बाँकी सदस्यहरुमा ठाकुर दरेल, दावा सिंगी हेल्मो, अमर गुरुङ्ग, सुब्बा लामा, कुलदास तामाङ, सुनिता गहतराज, लोप्सङ्ग शेर्पा, ध्रुर्व श्रेष्ठ, आकास गुरुङ्ग, आंकामी शेर्पा, युर्जा तामाङ र ज्ञानबहादुर तामाङ चयन भएका छन् ।

निर्वाचित सम्पूर्ण पदाधिकारिहरुलाई छाता संगठन एनएमएले आइतबार केन्द्रीय कार्यालय नागपोखरीमा प्रमाणपत्र वितरण गरेर स्वागत गरेको छ ।

नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पर्वातारोहण संघका अध्यक्ष सन्तवीर लामाले नयाँ उर्जा तथा उच्च जोसकासाथ कुनैपनि भेदभाव तथा राजनीतिक गन्धरहित तरिकाले पर्वातारोहण क्षेत्रको हक हित तथा संरक्षणका खातिर काम गर्न निर्देशन दिए ।

सोही कार्यक्रमको अवसर पारेर एनएमएले ११औं पटक ८ हजार माथि उचाई आरोहण गर्दै गरेका पर्वातारोही सानु शेर्पालाई शुभकामना व्यक्त गरेको छ । सोलुखुम्बुका शेर्पाले आगामी सिनका लागि अन्नपूर्ण हिमालको आरोहण गर्दैछन् । यो उनको ८ हजार माथिको ११औं हिमाल हो । त्यसो त उनले ८ हजार माथिकै हिमाल दोहो¥याएर ७ पटक चढिसकेका छन् । एनएमले संस्थाको झण्डा र खादा लगाएर सुभकामना व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप