नेकपा समाजवादीको सचिवालय बैठक : कार्यालय व्यवस्थापन र कार्यविभाजनबारे छलफल
नेकपा एकीकृत समाजवादीको पहिलो सचिवालय बैठक बसेको छ । सिंहदरबारस्थित संसद सचिवालय भवनमा बसेको बैठकमा खासगरी कार्यालय व्यवस्थापन र नेताहरुको कार्यविभाजनमा केन्द्रीत रहेर छलफल भएको सचिवालय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए ।
सचिवालय गठनपछि पहिलो बैठक बसेको हो । पार्टीका आन्तरिक विषयमा केन्द्रीत रहेर छलफलहरु भए’, श्रेष्ठले भने, ‘खासगरी कार्यलय व्यवस्थापन र नेताहरुको भर्खरै भएको कार्यविभाजन लगायतमा छलफल भयो ।’
त्यस्तै उनले पार्टीले गर्नुपर्ने तत्कालका कामका बारेमा र छिटै हुने सम्मेलनका बारेमा छलफल भएपनि सार्वजनिक गर्ने निर्णयहरु नभएको बताए ।
नेकपा एकीकृत समाजवादीको केही दिनअघि बसेको स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरु, विभिन्न विभाग र दस्तावेज मस्यौदा समिति र केन्द्रीय सचिवालय गठन गरेको थियो । सचिवालयको प्रमुख बेदुराम भुसाल रहेका छन् भने सदस्यमा प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान