बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको फोल्डेबल स्मार्टफोनको प्रि–बुकिङ खुल्यो, यस्ता छन् विशेषताहरु र मूल्य

आइतबार, २० भदौ २०७८, १८ : १४
आइतबार, २० भदौ २०७८

काठमाडौं । सामसङले नेपाली बजारमा फोल्डेबल स्मार्टफोन भित्र्याएको छ । सामसङले दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजी भित्र्याएको हो । ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीमा विशेष तरिकाबाट कामगर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने कम्पनीले जनाएको छ । 

सामसङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनलाई विशेष प्राथमिकता दिएको छ । नयाँ ग्यालेक्सी जेड फोल्डथ्री फाइभजीमा प्रोडक्टिभिटी तथा निरन्तर मनोरञ्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको इन्फिनिटि फ्लेक्स डिस्प्ले, कार्य क्षमता तथा एस पीन जस्ता सुविधाहरु रहेको कम्पनीले जनाएको छ । यसमा ग्राहकले एस पेनको सहायताले फोल्डेबल स्क्रिनमा अन द गोको अवस्थमा पनि अन्य कार्यहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीमा अरु भन्दा फरक देखिन चाहनेहरुका लागि उपयुक्त फोन भएको कम्पनीले जनाएको छ । यसका कलर विकल्पहरु, रिफान्ड फिनिस जस्ता विशेषताहरुले यो फोन वास्तवमै आकर्षक र सवैको रोजाइमा पर्ने कम्पनीले दावी गरेको छ । यी फोन लिन चाहने ग्राहकहरुले प्रि बुकिङमा ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाउने कम्पनीले जनाएको छ ।  

ग्राहकले न्यूनतम १० हजार ५ सय तिरेर ईएमआई सुविधा लिन सक्ने पनि कम्पनीले जनाएको छ । यो ईएमआई सुविधा नबिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, एनएमबी बैंक, कुमारी बैंक, उपासना बहुउद्देश्यीय सहकारी संस्था र हुलास इन्भेस्टमेन्टबाट प्राप्त गर्न सकिने सामसङले जनाएको छ ।

यसैगरी, यी फोनमा १२ महिनासम्मको निःशुल्क ब्रेकेज इन्स्युरेन्सको सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ । ग्राहकहरुले यो फोन खरिद गर्ने क्रममा आफ्नो फोनलाई अर्को स्टोर तथा आईएमएस स्मार्टबाट ६ हजारसम्म थप सुविधामा साट्न सकिने सुविधा पनि उपलब्ध गराएको छ । 

यसैगरी, यी स्मार्टफोनहरुको प्रि–बुकिङ्ग गर्ने ग्राहकहरु केजीएच ग्रुप, जिमखाना, होटल मेरियट, गोकर्ण रिसोर्ट, स्मार्ट डोको, द स्टेटमेन्ट एनपी, आईएमएस लिटिल स्माइल, लेटमीइन, ट्रयाङ्कुलिटी स्पा तथा होटेल साम्बाला गरी १० हजारसम्मको उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यो फोन फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रीन तथा फ्यान्टम सिल्भरमा उपलब्ध छ । १२/२५६ जीबीको ग्यालेक्सी जेड फोल्डथ्री फाइभजीको मूल्य २ लाख १९ हजार ९९९ तथा १२/५१२ जीबीको मूल्य २ लाख २९ हजार ९९९ तोकिएको छ । साथै क्रिम, ल्याभेन्डर तथा फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध ८/२५६ जीबीको ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीको मूल्य १ लाख २४ हजार ९९९ तोकिएको कम्पनीले जनाएको छ । यी फोनहरु प्रि–अडर भदौ २० गते देखि असोज ४ गतेसम्म गर्न सकिने पनि कम्पनीले जनाएको छ भने असोज ६ गतेदेखि आधिकारिक रुपमा सामसङका ब्रान्ड सपमा उपलब्ध हुने छ ।

यी फोन दराज, इसेवा, सेलपे, स्मार्ट डोको तथा सामसङ प्लाजाबाट प्रि–बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप