एमाले अध्यक्ष ओली नेपाल–भारतबीचको फुटबल हेर्न रंगशालामा
आइतबार, २० भदौ २०७८, १८ : ०७
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता हेर्न दशरथ रंगशाला पुगेका छन् । ओली खेलाडीहरुको हौसला बढाउन रंगशाला पुगेका हुन् ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल अहिले जारी रहेको छ । खेलमा नेपालको कप्तानी किरण चेमजोङले गरेका छन् । यस खेलसँगै कप्तान किरणले नेपालको जर्सीमा सर्वाधिक धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका छन् । सन् २००८ यता उनले ७३ खेल खेलिसकेका छन् ।
यसअघि सर्वाधिक धेरै ७२ खेल खेल्ने पूर्वकप्तान बिराज महर्जनको कीर्तिमानलाई किरणले पहिलो मैत्रिपूर्ण खेलमा बराबरी गरेका थिए । बिहीबारको उक्त खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण