झापामा खोला किनारमा आमाछोराको शव फेला
आइतबार, २० भदौ २०७८, १६ : ३८

झापाको स्थानीय बिरिङ खोला किनारमा आमाछोराको शव फेला परेको छ । मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा भेटिएको झापा प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आमाको आइतबार विहान १० बजे र छोराको शव अपरान्ह १ बजे फेला परेको हो । कनकाई नगरपालिका वडानम्बर ८ मा रहेको उमाको माइतीघरमा उनीहरु बस्दै आएका थिए । उमाका श्रीमानको यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिवार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट निस्किएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?