आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा खोला किनारमा आमाछोराको शव फेला

आइतबार, २० भदौ २०७८, १६ : ३८
आइतबार, २० भदौ २०७८

झापाको स्थानीय बिरिङ खोला किनारमा आमाछोराको शव फेला परेको छ । मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा भेटिएको झापा प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आमाको आइतबार विहान १० बजे र छोराको शव अपरान्ह  १ बजे फेला परेको हो । कनकाई नगरपालिका वडानम्बर ८ मा रहेको उमाको माइतीघरमा उनीहरु बस्दै आएका थिए । उमाका श्रीमानको यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिवार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट निस्किएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप