छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारसँग सांसदहरुको माग
प्रतिनिधिसभाका सांसदहरुले चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारसँग माग गरेका छन् ।
आईतबार प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरु मानबहादुर विश्वकर्मा, अञ्जना विशंखे, विद्या भट्टराईलगायतका सांसदहरुले चिकित्सा शिक्षा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि व्यवस्था गरिएको छात्रवृत्तिमा दुरुपयोग हुने गरी नियमावली बनाउने काम नगर्न सरकारलाई सचेत समेत गराएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पु¥याउने गरी आरक्षणको व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।
उनले चिकित्सा क्षेत्रको परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग माग गरिन् ।
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद मानबहादुर विश्वकर्माले गरिव र जेहेन्दार वर्गका लागि छुट्टयाइएको छात्रवृत्तिमा चलखेल गर्ने हुनुनहुने भन्दै सबै समूदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भन्ने कानुनी व्यवस्थालाई बेवास्ता हुने गरी नियमावली ल्याउने काम नगर्न सरकारलाई आग्रह गरे ।
नेकपा (माओवादी केन्द्र)की सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीहरुलाई मेडिकल शिक्षा अध्ययनका लागि विशेष आरक्षणको व्यवस्था हुने गरी ऐन बनाउन सरकारलाई सुझाव दिइन् ।
उनले पिछडिएका क्षेत्रको उत्थानका लागि सरकारले चिकित्सा शिक्षा अध्ययनका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताइन् ।
बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समूदायका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन आफूहरु सचेत रहेको बताए ।
उनले मेडिकल शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि आयोगको तर्फबाट सक्दो पहल भईरहेको पनि समितिलाई जानकारी गराए ।
उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तर्गतका परीक्षाहरु संचालनमा ढिलाई नहुने गरी अघि बढने प्रतिवद्धता व्यक्त गरे ।
मंसिर, पुसभित्र सो संस्थान अन्तर्गतका सबै परीक्षाहरु लिने गरी सरोकारवाला पक्षहरुसँग छलफल गर्ने कामलाई अघि बढाइएको गिरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
मेगा अक्सनपछि आईपीएलमा सहभागी टोलीहरूको अवस्था
-
पाँच वर्षका लागि वर्ल्डलिङ्कले पायो दुईवटा लाइसेन्स
-
नाष्टको ४८ औँ प्राज्ञसभा : १२ विधामा पुरस्कार प्रदानको निर्णय
-
पिकअप गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
-
गढीमाई मेलाको अवसरमा ७ दिने कृषि एक्स्पो हुँदै