सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

अनुदानले निकासी बढाएन, उत्पादकले दोहोरो सुविधा लिएको ठहर

आइतबार, २० भदौ २०७८, १६ : १२
आइतबार, २० भदौ २०७८

२०७७ सालमा नेपालका १३७ वटा उद्योगले ८५ करोड ६९ लाख २० हजार निर्यात अनुदान लिएका छन् । निर्यात अनुदान प्रदान गर्ने कार्यविधि, २०७५ अनुसार नेपालमा उत्पादित वस्तु निर्यात गरेमा मूल्य अभिवृद्धिको ५ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था छ ।

उत्पादनमा सहुलियत दिने र सोही उत्पादन निर्यात गर्दा पुनः नगद अनुदान दिनुले एकै उद्योगले दोहोरो सुविधा उपयोग गरेको देखिन्छ । यसरी दिने सुविधा दोहोरो नहुने गरी अनुदान दिने व्यवस्था गर्न महालेखाले सरकारलाई सुझाव दिएको छ ।

नगद प्रोत्साहन कार्यविधि, २०७० ले उद्योगलाई ३ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको थियो । यो कार्यविधिलाई प्रतिस्थापन गर्दै २०७५ सालमा नयाँ कार्यविधिमार्फत ५ प्रतिशत अनुदान दिने व्यवस्था ल्याइएको थियो । 

अनुदान रकम वृद्धिले निकासीमा उत्साहप्रद प्रगती देखिनुपर्नेमा धागो २५.८ प्रतिशत, उनी गलैँचा १६.४ प्रतिशत, तयारी पोशाक २३.२ प्रतिशत, फलाम तथा स्टिल ५४.३ प्रतिशत, नुडल्स पास्ता ३९.६ प्रतिशतले निर्यात घटेको छ । यस्तै, मासुजन्य वस्तु ८० प्रतिशत, गरगहना ६५ प्रतिशत लगायत २८ प्रकारका वस्तुको निर्यात घटेको महालेखाले बताएको छ ।

निर्यात भएका वस्तुमा अघिल्लो वर्षमा ७२ करोड २ लाख ६० हजार नगद अनुदान भएकामा गत वर्ष बढेर ८५ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यसले निर्यात बढ्नुको साटो निर्यात अनुदानको रकम मात्रै बढेको देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप