जसपाका थप एक प्रदेशसभा सदस्यले रोजे लोसपा
जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित थप एकजना प्रदेश सांसद सोही पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।
महोत्तरी निर्वाचन क्षेत्र ३ (ख) बाट राजपा नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद रानी शर्मा तिवारीले लोसपा रोजेकी हुन् । उनले आइतबार प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेकी हुन् ।
महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्ने उनी जसपाका दोस्रो प्रदेश सांसद हुन् । यसअघि पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद प्रह्लाद गिरीले लोसपामा सनाखत गरेका थिए ।
त्यस्तै प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो र अभिराम शर्माले समेत लोसपाको पक्षमा सनाखत गरेका छन् ।
प्रदेशसभा सदस्यहरूमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साह लगायतकाहरुले यसअघि नै लोसपाको पक्षमा सनाखत गरिसकेका छन् ।
जसपामा पूर्व फोरमका ३० र राजपाका २५ गरी जम्मा ५५ जना प्रदेश सांसद छन् । तिवारीले लोसपाको पक्षमा सनाखत गसँगै प्रदेश २ मा १५ पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती