त्रिचन्द्र कलेज बचाउन माग गर्दै प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
आइतबार, २० भदौ २०७८, १६ : ०१

त्रिचन्द्र कलेजको यथाशीघ्र पुनर्निर्माणको माग गर्दै आइतबार कलेज परिसरमा प्रदर्शन गरेका छन् । त्रिचन्द्र कलेज विद्यालय मात्र नभएर सम्पदा र इतिहास रहेको भन्दै नेपाल विद्यार्थी सङ्घले विभिन्न प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् ।
सन् १९१८ मा स्थापना भएको त्रि–चन्द्र नेपालको उच्च शिक्षाको सबैभन्दा पुरानो कलेज पनि हो । यसलाई तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले निर्माण गरेका हुन् । तर, अहिले यसको संरक्षण नहुँदा कलेज जीर्ण अवस्थामा पुगेको छ । विद्यार्थीहरूले त्रिचन्द्र कलेजको पुनर्निर्माण गरी यसको इतिहास बचाउन सरकारसमक्ष माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एकजना पक्राउ
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो