सेयर बजारमा १०८ अंकको गिरावट
साताको पहिलो दिन आज आइतबार नेप्सेमा १०८ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सेयर बजारमा आज पनि गिरावट आएको हो । खासगरी, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सिमा तोकेपछि बजार घट्न सुरु गरेको थियो ।
राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले सेयर धितो राखेर बढीमा १२ करोड रुपैयाँसम्म ऋण लिन पाउँछन् । यस्तै, एक लगानीकर्ताले सेयर धितो राखेर एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँ मात्र लिन पाउँछन् ।
कारोबार सुरु भएदेखि नै घट्न थालेको सेयर बजारमा १४९ अंकको गिरावट आएको थियो । २९ सय १८ अंकबाट कारोबार खुलेपनि डेढ सय अंकको गिरावटसँगै २७ सय ७९ अंकसम्म आइपुगेको परिसूचक अन्तिममा सुधारिएको हो ।
बजार बन्द हुने समयसम्म १०८ अंकले घटेर २८ सय १८ अंकमा आइपुगेको छ । यसक्रममा आज ११ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै, २ करोड ३० लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।
बजारमा उच्च अंकले गिरावट आएको दिन आज १४ वटा कम्पनी बाहेक अन्य सबै कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये, आज सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धिसँगै सेयर मूल्य ३७३ रुपैयाँ पुगेको छ ।
आज नेप्सेमा कारोबार भएकामध्ये १३ वटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यी कम्पनीमा १० प्रतिशतको गिरावट आएको हो । यस्तै, अन्य १८ वटा कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
बजार घटेको दिन १३ वटै समूह राताम्मे भएका छन् । जसमध्ये, निर्जीवन बीमामा ५१९ अंक, जीवन बीमा समूहमा ५११, विकास बैंकमा ३९४ र वित्तमा २३९ अंक, व्यापार र जलविद्युतमा समान २१६ अंकको गिरावट आएको छ । यसैगरी, जलविद्युतमा १६२ अंकको र उत्पादनमूलक समूहमा १७५ अंकको गिरावट आएको नेप्सेले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण