नख्खु कारागारमा तनाव, कैदीबन्दीले लगाइदिए भित्रबाट ताला
आइतबार, २० भदौ २०७८, १५ : ३१
ललितपुरको नख्खु कारागारमा तनावको अवस्था सिर्जना भएको छ । जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएकोलगायतका विषयमा असन्तुष्टि जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका छन् भने सो क्रममा तनावको अवस्था सिर्जना भएको छ ।
कैदीबन्दी र चौकीदार पक्षबीच विवाद चर्किएको हो भने सो क्रममा कैदीबन्दीले चर्को नाराबाजी गरिरहेका छन् ।
तनावको अवस्थापछि कैदीबन्दीले भित्रबाट कारागारमा ताला लगाइदिएर आन्दोलन गरिरहेको बताइएको छ।
प्रहरी परिसर ललितपुरले तनावको अवस्थापछि कारागार परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । यस्तै कारागार प्रशासनले कैदीबन्दीको माग सम्बोधनका लागि पहल भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण