शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नख्खु कारागारमा तनाव, कैदीबन्दीले लगाइदिए भित्रबाट ताला

आइतबार, २० भदौ २०७८, १५ : ३१
आइतबार, २० भदौ २०७८

ललितपुरको नख्खु कारागारमा तनावको अवस्था सिर्जना भएको छ । जेलभित्रको पसलहरूमा महँगी अत्यधिक बढाइएको, सेवा सुविधा पारदर्शी नभएकोलगायतका विषयमा असन्तुष्टि जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका छन् भने सो क्रममा तनावको अवस्था सिर्जना भएको छ । 

कैदीबन्दी र चौकीदार पक्षबीच विवाद चर्किएको हो भने सो क्रममा कैदीबन्दीले चर्को नाराबाजी गरिरहेका छन् । 

तनावको अवस्थापछि कैदीबन्दीले भित्रबाट कारागारमा ताला लगाइदिएर आन्दोलन गरिरहेको बताइएको छ।

प्रहरी परिसर ललितपुरले तनावको अवस्थापछि कारागार परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ । यस्तै कारागार प्रशासनले कैदीबन्दीको माग सम्बोधनका लागि पहल भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप