बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

आनका सदस्य एजेन्सीहरूलाई मुक्तिनाथ विकास बैंकले दिनेछ सहुलियतपूर्ण कर्जा

आइतबार, २० भदौ २०७८, १५ : ११
आइतबार, २० भदौ २०७८

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंकबीच आइतबार आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ । 

सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई २ बर्षका लागि १५ लाख रुपैयाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । 

आनका हाल डेढसय भन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै ७  सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् । 

सम्झौता पत्रमा आनका अध्यक्ष सोमप्रसाद धिताल र बैंकका अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए । 

आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताए । उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सबलीकरणका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप