आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खिम्ती जलविद्युत आयोजनाले अझै गरेन स्वामित्व हस्तान्तरण

आइतबार, २० भदौ २०७८, १५ : ०३
आइतबार, २० भदौ २०७८

वैदेशिक लगानीमा बनेको खिम्ती जलविद्युत आयोजनाले नेपाल विद्युत प्राधिकरणलाई अझै स्वामित्व हस्तान्तरण गरेको छैन । नेपाल विद्युत प्राधिकरणले २०५१ मंसिरमा कम्पनीसँग विद्युत खरिद सम्झौता गरेको थियो ।
सम्झौताअनुसार उत्पादन शुरु भएको २० वर्षपछि १ रुपैयाँ मूल्यमा ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणको हुने उल्लेख छ । उक्त कम्पनीले २०५७ सालदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।

जसअनुसार, २०७७ साल असार महिनामा ५० प्रतिशत स्वामित्व नेपाल विद्युत प्राधिकरणले प्राप्त गर्नुपर्ने हुन्छ । यद्यपी, आजसम्म पनि कम्पनीले प्राधिकरणलाई स्वामित्व हस्तान्तरण गरेको छैन । 

आयोजनाको ५० प्रतिशत स्वामित्व हस्तान्तरण हुनका लागि प्राधिकरण र प्रबर्द्धक कम्पनी दुवैको स्वामित्व रहने गरी छुट्टै कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । तर, हालसम्म उक्त कम्पनी बनिनसकेको भन्दै खिम्तीले स्वामित्व हस्तान्तरण नगरेको हो ।

यसबाट विद्युत प्राधिकरणलाई प्राप्त हुने आय घट्ने महालेखाको ठहर छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप