मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ सवारी लाइसेन्सको ट्रायल परीक्षा, तस्बिरमा हेर्नुहोस्

आइतबार, २० भदौ २०७८, १४ : ५२
आइतबार, २० भदौ २०७८

 

आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा खुलेको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ देखि गरिएको लकडाउनका कारण लाइसेन्सको ट्रायल रोकिएको थियो ।

करिब ५ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा आजदेखि सुरु भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले यसअघि नै देशभरका कार्यालयहरुलाई भदौ २० गतेदेखि सवारी चालक अनुमति पत्रको ट्रायल लिन पत्राचार गरेको थियो । विभागले स्वास्थ्य मापदण्ड पालना गराएर ट्रायल सुरु गरेको हो ।

​हाल लाइसेन्स ट्रायलका लागि आवेदन दिएर बसेकाहरुको संख्या देशभर ६ लाखभन्दा बढी छन् । सोही कारण, तत्काल नयाँ आवेदन भने नखुलाउने विभागले बताएको छ । विभागले नयाँ आवेदन खुलाएपछि अनलाइनमार्फत आवेदन दिन सकिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप