यसरी हुँदैछ सवारी लाइसेन्सको ट्रायल परीक्षा, तस्बिरमा हेर्नुहोस्
आइतबार, २० भदौ २०७८, १४ : ५२
आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा खुलेको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ देखि गरिएको लकडाउनका कारण लाइसेन्सको ट्रायल रोकिएको थियो ।
करिब ५ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा आजदेखि सुरु भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले यसअघि नै देशभरका कार्यालयहरुलाई भदौ २० गतेदेखि सवारी चालक अनुमति पत्रको ट्रायल लिन पत्राचार गरेको थियो । विभागले स्वास्थ्य मापदण्ड पालना गराएर ट्रायल सुरु गरेको हो ।
थप समाचार
हाल लाइसेन्स ट्रायलका लागि आवेदन दिएर बसेकाहरुको संख्या देशभर ६ लाखभन्दा बढी छन् । सोही कारण, तत्काल नयाँ आवेदन भने नखुलाउने विभागले बताएको छ । विभागले नयाँ आवेदन खुलाएपछि अनलाइनमार्फत आवेदन दिन सकिने छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
