यसरी हुँदैछ सवारी लाइसेन्सको ट्रायल परीक्षा, तस्बिरमा हेर्नुहोस्
आइतबार, २० भदौ २०७८, १४ : ५२

आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा खुलेको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ देखि गरिएको लकडाउनका कारण लाइसेन्सको ट्रायल रोकिएको थियो ।
करिब ५ महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा आजदेखि सुरु भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले यसअघि नै देशभरका कार्यालयहरुलाई भदौ २० गतेदेखि सवारी चालक अनुमति पत्रको ट्रायल लिन पत्राचार गरेको थियो । विभागले स्वास्थ्य मापदण्ड पालना गराएर ट्रायल सुरु गरेको हो ।
थप समाचार
हाल लाइसेन्स ट्रायलका लागि आवेदन दिएर बसेकाहरुको संख्या देशभर ६ लाखभन्दा बढी छन् । सोही कारण, तत्काल नयाँ आवेदन भने नखुलाउने विभागले बताएको छ । विभागले नयाँ आवेदन खुलाएपछि अनलाइनमार्फत आवेदन दिन सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यथास्थितिवादीकै कारण प्रतिगमनकारीहरूले टाउको उठाइरहेका छन्: श्रेष्ठ
-
कालीमाटीमा ल्याइएको घिरौँलामा विषादी फेला
-
जीवनी ल्याउँदै राजेश हमाल, भन्छन् : नखुलेका धेरै कुरा खुलाएको छु
-
युद्धबाट थाकेका हुन् पुटिन ? पहिलो पटक युक्रेनलाई दिए द्विपक्षीय वार्ताको प्रस्ताव
-
राजनीतिक व्यापारीको ‘चक्का’मा पिसिएको मुलुक
-
आमिर खान पनि घर सर्न थालेका हुन् ?