बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निष्‍ठाको राजनीतिलाई समाप्त भयो : पौडेल

आइतबार, २० भदौ २०७८, १४ : ३२
आइतबार, २० भदौ २०७८

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य डोरमणि पौडेलले वर्तमान परिस्थितिमा नेपालमा निष्‍ठाको राजनीति समाप्त भएको बताएका छन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक जिल्ला समीक्षा बैठकमा बोल्दै पौडेलले देशमा पछिल्लो समय भएको राजनीतिक फेरबदलपछि निष्‍ठाको राजनीतिलाई समाप्त भएको बताए । 

पछिल्लो समय केन्द्रीयस्तरमा बनेको विपक्षी गठबन्धनले निष्‍ठाको राजनीति समाप्त पार्ने काम गरेको आरोप लगाए । केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण नै बदलेर विपक्षी गठबन्धनले देशको राजनीतिमा असन्तुलन ल्याएको उनको भनाई छ । विपक्षी गठबन्धनका कारण केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहमा समेत राजनीतिक उथलपुथल ल्याएको उनले बताए । त्यस्तै निवर्तमान मुख्यमन्त्री पौडेलले जनतालाई उत्पादनसँग जोड्न सकेमात्र सरकारले गरेका विकासको कामले सार्थकता पाउने बताए । उनले जनताको जिवनस्तरमा परिवर्तन ल्याउन सकेमात्र विकास गरेको ठहर हुने भन्दै सरकार भौतिक विकासलाई केन्द्रीत हुन नहुने बताए । 

सबै क्षेत्रको समान विकास गरेर जनतालाई उत्पादनसँग जोड्दै उत्पादनमा आधारित आर्थिक अनुदानका कार्यक्रम गर्नसके मात्र सरकारले विकास गरेको ठहर हुने बताए । देशमा कायम रहेको तीन तहको सरकारको समन्वयमा विकासका योजनाहरु अघि बढाउनुपर्ने उनले बताए ।  तीनै तहका सरकारका बीच समन्वयको अभावका कारण हरेक योजनाहरु दोहोरिने समस्याहरु भोग्नु परेकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ । 

तीनै तहका सरकारले अध्ययन र अनुसन्धान गरी उत्पादनमा केन्द्रीत भएर जनताबाट कर उडाएर पारदर्शी रुपमा विकासका कामहरु अघि बढाउनुपर्ने उनले बताए ।  विकास निमार्णको काम गर्दा जनताबाट उठाएको करमा निर्भर नभइ स्थानीय तहहरुले वैकल्पिक स्रोतको खोजी गरी आन्तरिक आयलाई बढाउनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप