शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

आइतबार, २० भदौ २०७८, १३ : ४३
आइतबार, २० भदौ २०७८

सुनसरीको दुहबी नगरपालिका–४ बाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी छन् ।

उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी  गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भदौ १५ मा बालिकालाई  सहनीले जबरजस्ती करणी गरेको सुराकका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे ईलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप