शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी दिने तयारी

आइतबार, २० भदौ २०७८, १३ : ००
आइतबार, २० भदौ २०७८

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।

पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभिडको कारण पर्यटन क्षेत्रका श्रमिकहरु बेरोजगार भएको अवस्थामा यो कार्यक्रमले थोरै भएपनि श्रमिकलाई राहत दिने बताए । उनले बाह्य पर्यटनको सम्भावनालाई कायम राख्दै  आन्तरिक पर्यटन जोड दिनु पर्ने अवस्था आएको बताए । उनले कोभिड महामारीले ठूलो पाठ सिकाएको बताए ।

यस्तै, सरकारले बनाएका नीति नियमलाई टान र बोर्ड मिलेर कार्यान्वयन गर्दै लैजान सकेमा पर्यटन विकास गर्न सकिने उनको भनाई छ ।  बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले युएनडिपीको सहयोगमा सञ्चालित यो परियोजनाले कोभिडबाट सिर्जित बेरोजगारीको समस्यालाई थोरै भएपनि हल गर्न मद्दत मिल्ने बताए । ‘पर्यटकलाई बचाई राख्न पर्यटन श्रमिकहरुलाई टिकाइराख्नु पर्ने हुन्छ । यसैका लागि हामीले यो प्रयास गरेका छौं । यो ठूलो रोजगारी होइन तर पनि केही राहत अवश्य दिनेछ’ उनले भने । 

ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको समग्र पर्यटनमा टे«किङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यो संकटमा त्यो क्षेत्रको श्रमिकहरुलाई बचाई राख्न सकेमा मात्र भोलिका दिनमा काम गर्न सजिलो हुने धारणा राखे । सुवेदीले टानले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप