शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको तयारीमा थिए सिद्धार्थ र शहनाज

आइतबार, २० भदौ २०७८, १२ : ५६
आइतबार, २० भदौ २०७८

हृदयघातका कारण सेप्टेम्बर २ मा अभिनेता सिद्धार्थ शुक्लाको मृत्यु भयो । मृत्युपछि बिग बोसको १३ औँ सिजनबाट उनीसँग नजिकिएकी शहनाज गिलको पनि चर्चा भइरहेको छ । उनीहरु विवाहको तयारीमा समेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

रिपोर्टको अनुसार शहनाज र सिद्धार्थ यसै वर्षको डिसेम्बरमा विवाह गर्ने तयारीमा थिए । भारतीय सञ्चार माध्यमले उनीहरुले इन्गेजमेन्ट पनि गरिसकेको बताउँदै आएका छन् । 

मिडिया रिपोर्टका अनुसार सिद्धार्थ र शहनाजले विवाहको तयारीका लागि परिवारलाई बताएका थिए । उनीहरु विवाहका लागि मुम्बईको एउटा होटलमा पनि कुराकानी गरिरहेका थिए । उनीहरुले विवाहका लागि ३ दिनको योजना बनाएका थि । 

एक अन्तरवार्तामा बिग बोसका प्रतिस्पर्धी समेत रहेका अबु मलिकले सिद्धार्थ र शहनाज विवाहको तयारीमा रहेको खुलासा गरे । 

सिद्धार्थको अन्तिम संस्कारको समयमा शहनाज निकै भावुक देखिन्थिन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप