शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘एनआएनमा राजनीतिक हस्तक्षेप असह्य’

आइतबार, २० भदौ २०७८, १२ : २३
आइतबार, २० भदौ २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेता  रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनमा केन्द्रीय सचिव पदका प्रत्यासी समेत रहेका उनले  पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनलाई भने गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने उनको जोड छ । 

एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार गरेको बहस कार्यक्रममा बोल्दै उनले एनआरएनमा पार्टी निकटका उमेदवारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति असन्तुष्टि जनाए । 
कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु दुःखद भएको उनको भनाइ छ । 
पछिल्लो समय एनआरएनमा चुनाव जित्नका लागि जस्तोसुकै कदम चाल्न थालिएको भन्दै सिम्खडाले त्यसप्रति आपत्ति जनाए । ‘केन्द्रिय नेतृत्वमा धनी र सम्भ्रान्तहरुको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकसित हुन नसकेको देखिन्छ । त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारहरु घोषणा गरेको हुँ,’ सिम्खडाले भने । 

आफ्नो उम्मेदवारी दलीय आधारमा वा गुटगत भागबण्डाका आधारमा नभएको सिम्खडाले दावी गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप