शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सय अंकले घट्यो नेप्से

आइतबार, २० भदौ २०७८, १२ : २१
आइतबार, २० भदौ २०७८

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरु भएको डेढ घन्टा पनि नपुग्दा परिसूचक १०० भन्दा बढीले घटिसकेको छ । यो समाचार तयार पार्दासम्म आज नेप्से परिसूचकमा १०७ अंकको गिरावट आएको छ ।

यो भनेको नेप्सेमा आएको ३.६८ प्रतिशतको गिरावट हो । यसक्रममा अहिलेसम्म ९४ लाख २८ हजार कित्ता सेयर किनबेच भएर ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा ८ प्रतिशतको, विकास बैंकमा ७ प्रतिशतको गिरावट आएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप