शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीमको चमत्कारी फाइदा

आइतबार, २० भदौ २०७८, ११ : ५६
आइतबार, २० भदौ २०७८

नीममा धेरै प्रकारका गुणहरु लुकेको हुन्छ । नीमले शरीरसँगै कपाल र छालालाई पनि फाइदा गर्छ । नीमको पात र हाँगाले शरीरमा विभिन्न प्रकारका रोगहरु लाग्नबाट बचाउँछ । नीम दुई प्रकारका स्वादमा पाइन्छ । एउटा गुलियो हुन्छ भने अर्को तीतो हुन्छ । जसमध्ये तीतो निम फाइदाजनक हुन्छ । तितो नीमबाट औषधिहरु बनाइन्छ । 

नीमका फाइदाहरुः 
– नीमको तेलले कपालको जरामा हुने इन्फेक्शनहरुलाई निको पार्छ । जसले गर्दा कपाल झर्ने समस्या कम हुन्छ । कपाल लामो हुन्छ । हप्तामा एकपटक निमको तेल लगाउँदा कपालका थुप्रै समस्याहरु गायब हुन्छन् ।
– नीम छालासम्बन्धी हरेक रोगका लागि सही उपचार हो । यसले छालामा आउने हरेक समस्यालाई निको पार्छ । निम पानीले नुहाउँने गर्दा छालासम्बन्धी रोगहरु हराउँछ । तातोपानीमा नीमको पात उमालेर पानी चिसो भएपछि पानीमा मिसाएर नुहाउने गर्नुपर्छ । 
– नीमको पात पिसेर पेस्ट बनाउने । उक्त पेस्ट केही समयसम्म अनुहारमा लगाउने र त्यसलाई धुने गर्दा अनुहारको छालामा चमक आउँछ ।
– भोक नलाग्ने समस्या आएमा नीमको पातलाई घ्युमा भुटेर खाने गर्दा भोक लाग्न थाल्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप