रातोपाटी समाचार प्रभाव : अन्ततः महालक्ष्मी बैंकले फिर्ता गर्यो सुन
महालक्ष्मी विकास बैंकले ऋणीको सुन फिर्ता गरेको छ । यसअघि बैंकले ऋणीले सम्पूर्ण रकम चुक्ता गरिसक्दा पनि धितोको रुपमा राखेको सुन नक्कली भएको भन्दै फिर्ता दिन आनाकानी गरेको थियो ।
यस विषयमा रातोपाटी डटकमले पहिलो पटक ‘ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
समाचार प्रकाशित भएसंँगै अन्ततः बैंकले ऋणीलाई बोलाएर सुन फिर्ता दिएको छ । ‘शुक्रवार ऋणीले कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझिलिनु भएको व्यहोरा जानकारी गराउँदछौं । बैंक आफ्ना ग्राहकहरूप्रति सधैं संवेदनशील रहने र भविष्यमा पनि ग्राहक महानुभावहरुको हितलाई मध्यनजर गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ,’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।
कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर, ईमाडोलकी विष्णु महर्जनले कर्जा चुक्ता गरेपनि धितो फिर्ता लिन केही ढिलोमात्रै भएको बैंकको दावी छ।
‘बैंक कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्चर्यको विषय हो’, बैंकको दावी छ ।
महर्जनले २०७२ मा ऋण लिँदा २५ तोला सुन धितोमा राखेर १५ लाख ऋण लिएकी थिइन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकले सुन नक्कली भएको जवाफ दिएको थियो ।
‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ, फिर्ता दिन मिल्दैन भने’ रातोपाटीसँग कुरा गर्दै विष्णु महर्जनले भनेकी थिइन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर,अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’
धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय प्रहरी परिसर ललितपुरमा उजुर समेत गरेकी थिइन् ।
पहिला सुन फिर्ता दिन आनाकानी गरेको बैंकले शुक्रबार आफूलाई बोलाएर फिर्ता दिएको महर्जनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण