शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा मोटरसाइकल दुर्घटना, एक पुरुषको मृत्यु

आइतबार, २० भदौ २०७८, ११ : ०५
आइतबार, २० भदौ २०७८

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । लमही नगरपालिका–४ हसनपुरका ४६ वर्षीय शिव गिरीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । गएराती लमही–५, रातोडाँडा भन्ने स्थानबाट हसनपुरतर्फ जाँदै गरेको रा ७ प ७८५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार गिरी गम्भीर घाइते भएलगत्तै उपचारका लागि लमही अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको राती पौने १२ बजे मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप