आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल र भारत आज भिड्दै, दुबै टोली जितको खोजीमा

आइतबार, २० भदौ २०७८, १० : ०६
आइतबार, २० भदौ २०७८

मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि बिहीबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । 

अन्जन विष्टले आयोजक नेपाललाई अग्रता दिलाएपनि दोस्रो हाफमा अनिरुद थापाले भारतका लागि गोल फर्काएका थिए । दुबै टोलीले आजको खेल जित्ने लक्ष्य राखेका छन् । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेल बराबरीमा सकिएपछि माफी माग्दै दोस्रो खेलमा जित निकाल्न चाहेको संकेत गरिसकेका छन् । 

आजको खेलमा हेर्न आउने दर्शकहरुले पूर्ण खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने वा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । 

हेड टु हेड 
१९९३ मा बंगलादेशको ढाकामा आयोजित दक्षिण एशियाली खेलकुदअन्तर्गत फुटबलतर्फ स्वर्ण जित्ने क्रममा नेपालले फाइनलमा भारतलाई हराएको थियो । त्यसको २० वर्षपछि २०१३ मा नेपालले दशरथ रंगशालामै भारतलाई २–१ ले हराएको थियो । नेपालको सिनियर टोलीले भारतलाई यी दुई अवसरमा मात्रै हराएको हो । जबकी भारतले भने १३ पटक जित हासिल गरिसकेको छ ।  यी दुई टोलीबीच खेलिएका २० खेलमध्ये बाँकी ५ खेल बराबरीमा टुंगिएका छन् । 

साफ च्याम्पियनसिपको तयारी
नेपाल र भारतबीचको मैत्रिपूर्ण खेललाई दुबै टिमले साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएका छन् । माल्दिभ्सको राजधानी मालेमा अक्टुबर महिनामा साफ च्याम्पियनसिप आयोजना हुनेछ । जहाँ नेपाल र भारतसँगै बंगलादेश, आयोजक माल्दिभ्स र श्रीलंका सहभागी हुनेछन् । त्यसैगरी, नेपाल र भारत दुबैले २०२३ मा चीनमा आयोजना हुने एशिया कप फुटबल प्रतियोगिताका लागि छनोट चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । दुबै टिमले एशिया कपमा छनोट हुने लक्ष्य राखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप