बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

किन झर्छ कपाल ?

आइतबार, २० भदौ २०७८, ०८ : ३९
आइतबार, २० भदौ २०७८

सामान्यताः कपालको राम्रो स्याहार नगर्दा कपालमा विभिन्न प्रकारका समस्या आउँछन् । कपाल समय–समयमा नपखाल्दा, उचित मात्रामा तेलको प्रयोग नगर्दा कपाल झर्ने, सुख्खा हुने आदि समस्या देखिन्छन् । कपालले व्यक्तिको सौन्दर्यता बढाउन मद्दत गर्ने भएकाले यसको हेरचाहमा ध्यान दिन आवश्यक छ ।

खानपान
कपाललाई स्वस्थ राख्न सबैभन्दा पहिले खानपानमा ध्यान दिन आवश्यक छ । त्यसैले सागसब्जीमा भरपूर मात्रामा कपाललाई चाहिने पौष्टिक तत्व प्राप्त हुन्छ । खानामा पौष्टिक तत्वको अभाव भएमा कपाल झर्ने समस्या आउन सक्छ ।

तनाव
तनावले शरीरमा विभिन्न प्रकारका रोगहरु निम्त्याउँछ । तनावमा भएको समयमा शरीरमा हर्मोन कोर्टिसोलको मात्रा बढ्छ । जसले हाम्रो छाला र कपालमा असर पुर्याउँछ र झर्न थाल्छ । 

स्याम्पु
हरेक दिन कपालमा स्याम्पु लगाउने बानीले कपाल कमजोर बन्छ । हप्तामा ३ वा ४ पटक मात्रै कपाल धुने गर्नुपर्छ । हरेक दिन स्याम्पु लगाउँदा कपालको झरामा भएको तेल कम हुँदै जान्छ र कपाल रूखो भएर झर्न थाल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप