धर्मनिरपेक्षता र संघीयता खारेज हुनुपर्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र संघीयता तुरुन्तै खारेज हुनुपर्ने बताएका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) पार्टी कार्यालयको मनहरीमा उद्घाटन गर्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको समेत बताए ।
साथै शासन जनताको छोराछोरीले गरे पनि अभिभावकको रुपमा राजसंस्था राख्नुपर्ने बताए । मुलुकमा ब्रम्हलुटको अवस्थाबारे महालेखा परीक्षकको प्रतिवेदनले कहालीलाग्दो तस्बिर देखाएको चर्चा गर्दै थापाले निर्वाचन प्रणालीमा सुधार हुनुपर्ने बताए ।
राजनीतिलाई भ्रष्टाचारतर्फ उन्मुख गराउने निर्वाचन प्रणालीले नेता, भ्रष्टाचारी, माफिया, कर्मचारी र बिचौलियाको गठबन्धन झन् बलियो बनाउनेतर्फ सजग हुनुपर्ने थापाको भनाइ छ ।
करोडौं खर्च गरेर चुनाव जित्नेहरूको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाई खाने माध्यम बनाउन दिन नहुने बताए ।
फरक प्रशंगमा दार्चुलाका जयसिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको बताए ।
राप्रपा कार्यसम्पादन समिती सदस्य राजाराम बर्तौलाले सिद्धान्त ,नीति बिचार कमजोर बनाउने षडयन्त्रप्रति कार्यकर्ता चनाखो हुनुपर्ने बताए ।
उनले भ्रमलाई चिरेर पार्टी र विचार स्थापना गर्ने अभियानमा सक्रियतापूर्वक क्रियाशील हुन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय असहयोगसँग ‘जुध्न’ भैरहवा विमानस्थलमा आधुनिक प्रणाली विकास हुँदै
-
सर्वनाममा शुक्रबारबाट ‘पत्थरको कथा’
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’