आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हाम्रो पात्रोले नेपाल-भारतबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

आइतबार, २० भदौ २०७८, ०७ : ०६
आइतबार, २० भदौ २०७८

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो पात्रोबाट हुने भएको छ । खेल प्रसारण गर्नका लागि एडप्याड र हाम्रो पात्रो बीच सहकार्य भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

विशेष गरि अहिले अमेरिका,अस्ट्रेलिया र जापानमा रहेका दर्शकहरुले हाम्रो पात्रोमा गएर फुटबलको लाइभ हेर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

कसरी हेर्ने फुटबलको लाइभ ? 

अनलाइनमा फुटबल खेलको प्रत्यक्ष प्रसारण हेर्न चाहने दर्शकले सुरुमा हाम्रो पात्रोको वेबसाइट वा मोबाइल एपमा जानुपर्नेछ । त्यहाँ उपलब्ध मेनु तथा होम पेजमा रहेको ‘नेपाल-भर्सेस इन्डिया फ्रेन्डली म्याच’ मा क्लिक गर्नुपर्नेछ । यति गरेसँगै टिकेट खरिद गर्ने पेज खुल्छ । त्यसमा आवश्यक क्रेडिट कार्डको विवरण राख्नुहोस् र टिकेट खरिद गर्ने र ‘वाच नाव’मा थिच्नु पर्नेछ। यो सबै प्रक्रिया पुरा गरेपछि म्याच लाइभ सुरु भइसकेको छ भने त्यहाँ त्यसको भिडिओ फिड देखिने भने सुरु भइसकेको छैन भने बाँकी रहेको समयको काउन्टडाउन अर्थात उल्टो गणना देखिनेछ ।
नेपाल र भारतबीच बिहीबार पहिलो मैत्रीपूर्ण खेल दशरथ रंगशालामै भएको थियो भने सो खेल दुबै टोलीले बराबरी खेलेका थिए । 
प्रत्यक्ष प्रसारण लिंकका लागि यहाँ क्लिक गर्नुहोस् : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप