पत्रपत्रिका
काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप
आइतबार, २० भदौ २०७८, ०६ : १८
![काठमाडौँका ४० प्रतिशतले लगाए कोरोनाको पूर्ण खोप](https://rpcdn.ratopati.com/media/albums/corona-khop_g77rz2Cmtd.jpg)
काठमाडौँमा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले शुक्रबारसम्म पहिलो मात्रा खोप लगाउने ४८ प्रतिशत पुगेको जानकारी दिँदै पूर्ण खोप लगाउने जनसङ्ख्या ४० प्रतिशत पुगेको बताए ।
उनका अनुसार काठमाडौँमा पूर्ण खोप लगाउनेको जनसङ्ख्या शुक्रबार बेलुकासम्म नौ लाख १४ हजार ४८५ जना पुगेको छ भने पहिलो मात्रा लगाउनेको जनसङ्ख्या ११ लाख सात हजार ९८० जना रहेको छ ।
उनले शङ्करापुर नगरपालिका र दक्षिणकालीमा पहिलो डोज शतप्रतिशत खोप दिन सकेको बताउँदै शङ्करापुर र दक्षिणकाली नगरपालिकामा १८ वर्षमाथिका सबै नागरिकले पहिलो डोज खोप लगाइसकेको जानकारी दिए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
राष्ट्रहितलाई केन्द्रमा राखेर भू-राजनीति अवस्थाको विश्लेषण जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ
-
समता घरेलु लघुवित्तले मनकामना स्मार्टलाई गाभ्यो, असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
-
कर्णालीमा प्रतिपक्षसँग सरकारले ९ बुँदे सहमति गरेसँगै सदनको अवरोध हट्यो
-
एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन : बालकोट