शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन कस्तो ?

आइतबार, २० भदौ २०७८, ०५ : ५७
आइतबार, २० भदौ २०७८

वि.सं.२०७८ साल भदौ २० गते । आइतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–त्रयोदशी, बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– अष्लेषा, बेलुकी ०६ बजेर १४  मिनेट उप्रान्त मघा । योग– परिध, बिहान ०९ बजेर ३० मिनेट उप्रान्त शिब । करण– वणिज, बिहान ०६ बजेर ५७ मिनेट उप्रान्त भद्रा, बेलुकी ०७ बजेर ०० मिनेट उप्रान्त शकुनि ।  आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कर्कट,बेलुकी ०६ बजेर १४ मिनेट उप्रान्त सिंह । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २५ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले पछाडि छोड्नेछ । व्यापार व्यवसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाइ हुनेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी गर्दा घाटा हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । 
 
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगेको तथा लानेहरूले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । नोकरी तथा कार्यक्षेत्रमा सहकर्मीहरू बाट नै आलोचना हुन सक्छ काम गर्दा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  पढाइ लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ । बैङ्किङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । 


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगीले फसाउन सक्छन्,ध्यान दिनुहोला । 


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिने छ । प्रेममा धोका हुने अधिक सम्भावना रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्दा ख्याल गर्नुहोला सुरु गरेका कामहरू बिग्रने तथा आर्थिक भार पर्नेछ । पढाइ लेखाइ अपुरै रहने तथा नतिजा अरूतिर जानेछ । 


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) जीवन साथीसँग अविश्वास बढ्ने हुँदा कामहरू प्रभावित हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउनेछ ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  आफन्त तथा सन्तान पक्षले अनावश्यक झन्झट दिनेछन् । माया प्रेममा आफ्नो मायालुलाई विश्वासमा लिन बढिनै समय खर्चिनु पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप