पर्यटनबाटै नेपालको समृद्धि सम्भव : सद्गुरु
भारतीय प्रख्यात योग गुरु सद्गुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा शनिबार छलफल भएको छ । एकसाता अघि नेपाल आएका सद्गुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका विभिन्न विषयमाथि छलफल भएको हो ।
भेटका क्रममा सद्गुरुले नेपाल एसियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताएका छन् । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखे । ‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । यहाँ प्रकृति, संस्कृति र एडभेन्चर छ । तर, यसको व्यवस्थापन आवश्यक छ,’ उनले भने ।
नेपाल विश्वका अरू देश जस्तो नभई अलौकिक आनन्द प्राप्त गर्न सकिने देश भएकोले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको भएको उनको भनाई छ । उनले योजनाबद्ध विकास विना दिगो विकास सम्भव नभएको धारणा राख्दै नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनाबद्ध विकासमा लैजान सुझाव दिए ।
भेटमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले कोभिड बीचमा सद्गुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताले गर्दा नेपाल र भारतबीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए ।
यस्तै, उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवर्द्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताए । उनले खप्तड जस्ता ठाउँमा सद्गुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न समेत आव्हान गरे । सद्गुरु नेपाली भूभाग लिमि भ्याली हुँदै नेपालबाटै कैलाश मानसरोवरको यात्रा गरी काठमाण्डौं फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या