तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनका पाँच शर्त

युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् । युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ ।
उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिएका हुन् । उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए । उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ ।
त्यस्तै अर्को शर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन् । अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो शर्तमा अघि सारिएको छ ।
यी शर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम खिचिँदै नेपाली फिल्म, स्टारकै जगजगी
-
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण