आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

शनिबार, १९ भदौ २०७८, २० : ०९
शनिबार, १९ भदौ २०७८

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेकी छन् । बैठक आगामी भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ । शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए । यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । उनीहरूसँग छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप