शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीलाई जसपाले न्याय दिलाउँछ : सांसद यादव

शनिबार, १९ भदौ २०७८, २० : ०४
शनिबार, १९ भदौ २०७८

सांसद प्रदीप यादवले रेशम चौधरीलाई कानुनी प्रक्रियाबाटै जसपाले न्याय दिलाउने बताएका छन् । टिकापुर कैलाली घटना सम्झिँदै भने टिकापुर आन्दोलन मा नश्लीय राज्य शासन व्यवस्थाले चरम दमन गरेको र त्यो दमनविरुद्ध आवाज उठाउने थारुहरू माथि विभिन्न मुद्दा मा फसाउने षड्यन्त्र अन्तर्गत नै रेशम चौधरी जस्ता सच्चा आन्दोलनकारी तत्कालीन सरकारले फसाएको सांसद यादवले आरोप लगाएका हुन् ।

वीरगन्ज महानगरपालिका वडा नं. ३१ सोलखपुरमा नवनिर्मित थारु सांस्कृतिक नाच घरको शिलान्यास गर्दै उनले नाच घरले थारुहरूको संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । थारु समुदायको वैवाहिक, धार्मिक र संस्कृति कार्यको लागि नाच घर उपयोगी भएको उनले बताए । उनले सोलकपुरमा पक्की सडक बनाउने समेत वाचा गरे । आफ्नो मन्तव्य राख्दै सांसद यादवले थारुहरू नै नेपालका पुराना र पहिलो बसोबास गर्ने जति रहेको तर आज एउटा सोसित र उत्पीडन मा परेको समुदाय भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप