शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

हिरो मोटरसाइकलले ल्यायो ‘दशैंको बेला हिरोको मेला’

शनिबार, १९ भदौ २०७८, १९ : ३७
शनिबार, १९ भदौ २०७८

हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।
यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।

यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप