शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्रा खोलामा बेपत्ता भएका २ मध्ये १ जनाको शव फेला

शनिबार, १९ भदौ २०७८, १९ : २६
शनिबार, १९ भदौ २०७८

कर्रा खोलामा शुक्रबार दिउँसो आएको बाढीले ट्रक बगाउँदा बेपत्ता भएका २ जनामध्ये एक जनाको शव फेला परेको छ । शनिबार दिउँसो घटनास्थलबाट करिब २ सय मिटर टाढा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शवको सनाखत हुन भने सकेको छैन ।  

माछा मार्न आएका व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम् सिमेन्ट उद्योगबाट चौघडातर्फ आउँदै गरेको ना ३ ख १४४० नम्बरको ट्रक बगाउँदा २ जना बेपत्ता भएका थिए ।

खोलाले ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापामगर बेपत्ता भएका थिए । पानीको बहाव घटेसँगै ट्रक करिब १०० मिटर पर फेला परेको थियो  । बेपत्ता भएका उनीहरुको नेपाल प्रहरी र नेपाली सेनाले खोजी गरिरहेको थियो । अर्का एकजना भने अझै बेपत्ता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप