प्रदेश नं १ मा ३०५ मा कोरोना सङ्क्रमण
शनिबार, १९ भदौ २०७८, १८ : ३२
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा ६६२ जनाको पिसीआर परीक्षण गर्दा १७५ र ६३९ जनाको एन्टिजेन परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा ७० मध्ये विराटनगरमा ५३, सुनसरीमा ६३, झापामा २९, धनकुटामा नौ, इलाममा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशमा आजै ३९१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २०१ महिला र १९० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?