ओखलढुंगामा विद्युतको पोलबाट खसेर युवकको मृत्यु
शनिबार, १९ भदौ २०७८, १८ : २९

ओखलढुंगा जिल्लामा विद्युतको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसो सोलु करिडोर प्रशारण लाइनको विद्युतको पोलबाट खसेर सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका १९ वर्षीय निखिल फुयाँलको ज्यान गएको हो । जिल्लाको मान भञ्ज्याङ गाउँपालिका ७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रशारण लाइनको विद्युतको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर फुयाँलको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
ओखलढुंगा प्रहरी निरिक्षक लंक श्रेष्ठका अनुसार विद्युतको तार विस्तारका लागी उनी पोलमा चढेको र अचानक हातमा करेन्ट लागेपछि पोलबाट खसेर ढुंगामा परी उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनापछि प्रहरी घटनास्थल पुगेर शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको र घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारमा विजयी बने विजय, तस्बिरहरू
-
शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल
-
अर्थमन्त्रीप्रति सांसदहरुको गुनासो : हामीले मन्त्रीको ‘डाइलग’ सुन्न पर्ने हाम्रो प्रश्न नसुन्ने
-
चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा