डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा हुने
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा हुने भएको छ । बैठक यही भदौ २१ देखि २५ सम्म काठमाडौँमा हुने भएको हो । बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा.ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ ।
बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ ।
यस्तै बैठकमा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोपकार्य योजनाका लागि क्षेत्रीय कार्यढाँचाका बारेमा पनि छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।
दक्षिण–पूर्वी एशिया क्षेत्रमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलङ्का, थाइल्याण्ड, भुटान, दक्षिण कोरिया र टिमोर–लेट्सेलगायत देश रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ : मन्त्री भण्डारी
-
तस्बिरमा हेर्नुहोस् विश्वकप खेल्ने टोलीको बिदाइ
-
‘इन्डक्सन फर्नेस मिल उद्योगीलाई दिइएको छुट सुविधा विभेदकारी’
-
अग्नि प्रभावित गाउँपालिकालाई अनुदान दिने काठमाडौँ महानगरको निर्णय
-
एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित गराउनुपर्छ : अध्यक्ष ओली
-
भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा