शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

शनिबार, १९ भदौ २०७८, १८ : ०२
शनिबार, १९ भदौ २०७८

दाङमा  प्रहरीले स्वचालित  पेस्तोलसहित एक युवकलाई  पक्राउ गरेको छ । घोराही–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर एक थान पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट  डिएसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले रा ५ प ८७६२ नम्बरको स्कुटीको डिकीभित्र रातो प्लाष्टिकले छोपेर लुकाई राखेको अवस्थामा  एक थान एटोमेटिक पेस्तोल, त्यसको म्यागाजिन र  एक थान गोली बरामद गरेको छ ।

बुढामगर सहितको टोलीले २०७० बैशाख २५ गते स्थानीय साने घर्तीलाई गम्भीर घाइते बनाएका थिए । सो घटनामा बुढामगर  २ बर्ष  ६ मिहना कैद सजाय भुक्तान गरि निस्केका थिए । उनीविरुद्ध  थप अनुसन्धान गरी हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप