गण्डकी प्रदेशमा १८८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २८ जनामा गरिएको नमूना परीक्षणमा १८८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७४ महिला र ८३ जना पुरुष रहेका छन् ।
प्रदेशका ६ जिल्लामा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की १३०, बागलुङ १,स्याङ्जा १३, म्याग्दी ५, गोरखा १,लमजुङ १३, तनहुँमा ७ र नवलपरासी पूर्वमा १८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ३३७ पुगेको छ ।
गण्डकी प्रदेशमा आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । विगत लामो समयदेखि कोरोना संक्रमित र मृतकको संख्या उच्च रहेको गण्डकीमा हाल आएर संक्रमण क्रमश कम हुदै गएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ हजार ३०६ जनाले ज्यान गुमाएका छन् ।
प्रदेशमा हालसम्म ७८ हजार ३७९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ४५६ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६५२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’
-
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते