शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा १८८ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १९ भदौ २०७८, १७ : ४७
शनिबार, १९ भदौ २०७८

गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २८ जनामा गरिएको नमूना परीक्षणमा १८८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७४ महिला र ८३ जना पुरुष रहेका छन् । 

प्रदेशका ६ जिल्लामा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।  उनकाअनुसार कास्की १३०, बागलुङ १,स्याङ्जा १३, म्याग्दी ५, गोरखा १,लमजुङ १३, तनहुँमा ७ र नवलपरासी पूर्वमा १८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८२ हजार ३३७ पुगेको छ ।

गण्डकी प्रदेशमा आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ । विगत लामो समयदेखि कोरोना संक्रमित र मृतकको संख्या उच्च रहेको गण्डकीमा हाल आएर संक्रमण क्रमश कम हुदै गएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ हजार ३०६ जनाले ज्यान गुमाएका छन् ।

प्रदेशमा हालसम्म ७८ हजार ३७९ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ४५६ पुगेको छ ।  गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६५२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप